२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ ।  

सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उहाँले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  

उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ । भेलामा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।