१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

राजा फर्काउन शाही युवा शक्ति नेपालले नारायणहिटीमा भदौ १५ गने धर्ना दिने

राजा फर्काउन शाही युवा शक्ति नेपालले नारायणहिटीमा भदौ १५ गने धर्ना दिने
अ अ+ अ-

काठमाडौँ । राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत धर्ना कार्यक्रम गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसस्था पुनःस्थापनाको लागि आगामी भदौ १५ गते बृहत धर्ना कार्यक्रम गर्ने बताएका हुन् । उनले भने,‘पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरेका छौं ।’

जनताहरु पहिला जस्तो गणतन्त्रमा अहिले खुशी नभएको उनले दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । देशभरको कुल जनसंख्या मध्ये राजसंस्थामा आस्था राख्नेहरु ३० लाख भएको उल्लेख गर्दै उनले न्युटल जनताले राजसंस्था वा दलको कसैको पक्ष नलिएको बताए । न्युटल जनताको मोह राजसंस्थामा भएपनि मुख नखोलको उनको भनाई थियो । राष्ट्र र मातृभूमिको लागि राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा चढाउन बृहत धर्ना कार्यक्रमको आयोजना गर्न लागेको भन्दै उनले सम्पुर्ण उपत्यकावासीलाई सहभागी हुन आग्रह गरे ।

ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कन्जुस्याई गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘कुनै पनि हालतमा राजा ज्ञानेन्द्रलाई सिंहासनमा राख्नु पर्छ । नेपाली जनता भएर बाच्ने हो भने, राष्ट्रियता बचाउने हो भने नेपालीले कुनै पनि हालतमा राजसंस्था फर्काउनु पर्छ । नेपाली जनताले नेपाली भनेर महसुस गर्ने हो भने राजसंस्था चाहियो नी ।’

नाराहिटी दरबारमा राजा नहुँदा देशमा दशा लागेको समेत उनले बताए । उनले भने,‘नाराहिटी खण्डहर भएको छ, त्यो नाराहिटी शुन्य भएको अवस्था छ, आज देश अभिभावक विहिन भएको छ । ज्ञानेन्द्रलाई नाराहिटीमा भित्राउ भनेर धर्ना कार्यक्रम गरेका छौ ।’

उनले राष्ट्रका लागि राजसंस्था आवश्यक भएको दाबी गरे । राजसंस्था पुनःस्थापनको लागि अब जनता सडकमा आउनै पर्ने उनको भनाई थियो । खड्काले बिशाल धर्ना कार्यक्रम गरेर दलाल र भ्रष्टचारीहरुबाट देशलाई मुक्त बनाउनुपर्नेमा जोड दिए । उनले अहिले राजनीतिक दलहरुले जनतालाई विभिन्न माध्यमबाट शोषण गर्दै आइरहेको समेत टिप्पणी गरे ।

अहिलेको व्यवस्था र दल विदेशीको इशारामा चलेको आरोप लगाउँदै आगामी मंसिरमा हुने चुनावका लागि युवाहरुलाई उम्मेदवारी नदिन आग्रह गरे । युवाहरुले उम्मेदवारी घोषणा गर्दा अहिलेको व्यवस्था झन् बलियो हुने उनको भनाई थियो । उनले भने,‘हिजो राजतन्त्रलाई सामन्ती भन्थे, आज गणतन्त्रका एक/एक नेता सबै सामन्ती हुन् । हिजो राजसंस्थाले वंशवाद अघि बढायो भन्थे, आज गणतन्त्रले परिवाद अघि बढाएको छ ।’ राजसंस्था सम्पुर्ण नेपालीको गौरव भएको उनको तर्क थियो ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले अब नेपाली जनता आफै आफ्नो स्थानबाट जाग्ने अवस्था आएको बताए । उनले भने,‘अब जनता एकत्रित भएर ती देशद्रोहीहरुलाई नेपालबाट चारपाटा मुडेर निकाल्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पुर्ण जनताले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ ।’ दलका नेताहरुले राम्रो काम गर्न नसकेको भन्दै उनले तीनीहरुको विरुद्धमा आउँदो भदौ १५ गते नाराहिटी अगाडी स्व.महेन्द्रको शालिक अगाडी जम्मा भई बृहत धर्नाको आयोजना गरेको जानकारी दिए । र, उनले सबैलाई कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरे ।

त्यस्तै, केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले नाराहिटी दरबार अघि धर्ना कार्यक्रम गर्दैमा राजा ल्याउन नसक्ने भएपनि प्रयास भने गरिरहनुपर्ने बताए । पछिल्लो समयमा दलका नेताहरुले आफ्ना साना–तिना फाइदाको लागि युवाहरुलाई विदेशिन बाध्य बनाएको बताए ।

विश्व इतिहासमा नेपालीहरु विर गोर्खाली भनेर चिनिएपनि पछिल्लो समयमा विर पन देखाउन नसकेको उनको टिप्पणी थियो । उनले धर्ना कार्यक्रममा सम्पुर्ण स्वभामानी व्यक्तिहरु उपस्थित भएर गणतन्त्रवादीहरुलाई दबाब दिन आग्रह गर्दै चाँडो भन्दा चाँडो राजालाई श्रीपेच लगाएर नाराहिटिमा ल्याउन पर्नेमा जोड दिए ।