• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला अदालतलाई अदालत भवनको नक्सा पास भएको विवरण पठाउन पत्र पठाएको छ । अदालतको भवनको नक्सा पास भएको विवरण नभेटिएको भन्दै महानगरपालिकाले प्रमाण पठाउन निर्देशन दिएको हो ।

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण पठाउन अदालतलाई पत्र लेखिएको हो । महानगरले नक्सा पास नभएको पाई कानूनीरुपमा अगाडि बढ्ने जनाएको छ ।

यसअघि महानगर प्रमुख बालेन्द्र साहले बुधाबार नै नक्सा पास नगराई अनधिकृतरुपमा बनाइएको काठमाडौँ जिल्ला अदालतको संरचनासमेत हटाइने बताउनुभएको थियो । उहाँले अवैध संरचना जसले बनाएको भए पनि त्यसलाई कानूनको दायरामा ल्याइने बताउनुभएको थियो ।

बबरमहलमा बनाइएको काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङलाई अहिलेसम्म प्रयोगमा नल्याउँदा सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपरिरहेको छ ।