• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ :बालेन्द्र साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृतरुपमा निर्माण भएका सबैखाले संरचना हटाएरै छाड्ने बताएका छन् । काठमाडौँको न्यूरोड क्षेत्रमा त्यस्ता अनधिकृत संरचना हटाउन आफैँ पुगेका साहले अनधिकृतरुपमा बनाइएको संरचना हटाउन साना ठूला कसैलाई नछाड्ने बताए ।

उनका अनुसार नक्सा पास नगराई अनधिकृतरुपमा बनाइएको काठमाडौँ जिल्ला अदालतको संरचनासमेत हटाइने छ । उनले भने, “अवैध संरचना जसले बनाएको भए पनि त्यसलाई कानूनको दायरामा ल्याइन्छ ।”

बबरमहलमा बनाइएको काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङलाई अहिलेसम्म प्रयोगमा नल्याउँदा सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपरिरहेको छ ।