२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने

लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने
अ अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने भएको छ ।
     
निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको लोसपाको आज भएको कार्यकारिणी समितिको पहिलो बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बदलिँदो परिस्थितिमा जनतामा कसरी जाने भन्ने विषयमा कार्यनीति र रणनीति बनाउनेबारे छलफल भएको छ । सङ्गठन संरचना कुन प्रक्रियाबाट अघि बढाउनेबारे पनि बैठकमा छलफल भएको थियो ।
     
बैठकमा दल दर्ता हुनेबित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ । “स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यका लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूचीअनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसकेको छ”, कार्यकारिणी समिति सदस्य झाले भन्नुभयो ।
     
यसैबीच लोसपाले बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गर्ने भएको छ । उक्त कार्यक्रम शुक्रबार अपराह्न ३ बजेका लागि तय गरिएको छ । झण्डोत्तोलनपछि कार्यकारिणी समितिको बैठकलाई निरन्तरता दिइने सो पार्टीले जनाएको छ ।