२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
अ अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। परोपकारी काम सम्पादन गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा भने केही असमझदारी देखापर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट टाढै रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। अभिव्यक्ति र लेखन कलामा निखारता आउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा पनि सामान्य फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।