६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चितवनमा उम्मेदवारी दिन दलभित्र नै होडबाजि

चितवनमा उम्मेदवारी दिन दलभित्र नै होडबाजि
अ+ अ-

चितवन । सङ्घ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु बढ्दै गएका छन् ।

पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य गर्न थालेका छन् । मुख्यरुपमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा हुने भएको छ । यसअघि सङ्घमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र छ प्रदेशमा ती नै दुई दलका उम्मेदवार विजयी भएका थिए । एमालेकोे फुटसँगै बनेको समाजवादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै एमाले र माओवादी केन्द्रका छन् । नेपाली कांग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरुबीचमा गठबन्धन हुने जनाइएको छ । यस्तो अवस्थामा नतिजा फरक हुने अनुमान दलहरुले गरेका छन् ।

निर्वाचनमा सङ्घ र प्रदेश तहमा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि जिकिर गर्नेको सङ्ख्या धेरै छ । एमालेका जिल्लाअध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको जिकिर रहेको छ । सोही क्षेत्रको प्रदेश ‘क’ मा प्रभा बराल, इमानसिंह लामा, सिंहबहादुर गोले र घनश्याम कँडेलको जिकिर रहेको छ । ‘ख’ मा नारायण वन, जगन्नाथ आचार्य, महादेवी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिलेसम्म जिकिर हुँदै आएको उहाँ बताउनुहुन्छ ।

क्षेत्र नं २ बाट रामबहादुर थापा, देवी ज्ञावली, कृष्णभक्त पोख्रेल र सारदा कुमालमध्ये एक जना उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ । क्षेत्र नं २ ‘क’ मा खुमनारायण श्रेष्ठ, कृष्ण शिलवाल, केशव लामा र टीका रिजालको जिकिर रहेको छ । जिल्लाअध्यक्ष न्यौपाने २ ‘ख’ मा विजय सुवेदी, तेजेन्द्र खड्का र सङ्घमा उम्मेदवारी नपाएकामध्ये पनि पर्नसक्ने अनुमान गरिएको छ । यस्तै क्षेत्र नं ३ मा आफ्नै जिकिर रहेको उहाँ बताउनुहुन्छ । यससँगै कृष्ण भूर्तेलको पनि क्षेत्र नं ३ मा उम्मेदवारीका लागि जिकिर रहेको छ ।

यहाँ भूर्तेल ३ ‘क’ मा उम्मेदवार बन्न सक्ने जिल्लाअध्यक्ष न्यौपानेको आँकलन छ । उहाँलाई पार्टीले क्षेत्र नं ३ मा उम्मेदवार बनाउन नसकेमा न्यौपानेको जिकिर २ को ‘ख’ मा पनि रहेको छ । क्षेत्र नं ३ को ‘ख’ मा सरस्वती विष्ट, शङ्कर थपलिया र प्रकाश ढुङ्गानाको जिकिर रहेको छ । हालसम्म देखिएका अनुहारभन्दा थप जिकिर आउन सक्ने जानकारी दिँदै जिल्ला अध्यक्ष न्यौपाने भन्नुहुन्छ “अहिले देखिएका र जिकिर गर्नेभन्दा अरु थप पनि हुनसक्छ ।”नेपाली कांग्रेसको क्षेत्र नं १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले जिकिर गर्नुभएको जिल्ला सभापति राजेश्वर खनाल बताउनुहुन्छ । क्षेत्र नं १ को ‘क’ मा धनबहादुर गुरुङ्को जिकिर रहेको र सोही प्रदेशमा आफ्नो पनि जिकिर रहेको क्षेत्रीय सभापति किरणभूषण ओलीले बताउँदै आउनुभएको छ ।

क्षेत्र नं १ को ‘ख’ मा गीता देवकोटा, वासु ढुङ्गाना, उत्तम आचार्य, राजु शिलवाल र कुमार कार्कीले इच्छा गर्नुभएको छ । क्षेत्र नं २ मा सभापति खनाल नै र पूर्वसभापति जीतनारायण श्रेष्ठको जिकिर रहेको उहाँ जानकारी दिनुहुन्छ । जिल्ला सभापति खनालले आफूलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी हुने जिकिर गर्नुभएको सार्वजनिक कार्यक्रममा बताउँदै आउनुभएको छ ।

प्रदेश २ ‘क’ मा दीपक आचार्य, टङ्कनाथ पौडेल, कमल आचार्य र रामबहादुर लामाको जिकिर रहेको छ । क्षेत्र नं २ ‘ख’ मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुव पोख्रेलले उम्मेदवारी दिने जिकिर गर्नुभएको सभापति खनालको भनाइ छ । । क्षेत्र नम्बर ३ बाट टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको जिकिर रहेको छ । केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने जिकिर गर्दै आउनुभएको छ । प्रदेश नं ३ (क) मा प्रा डा सूर्यकान्त घिमिरे, विजय भुषाल र राजीव न्यौपानेको जिकिर रहेको छ भने ३ (ख) मा कैलाश कोइराला, साजन महतो र लालबहादुर दवाडीको जिकिर रहेको सभापति खनाल जानकारी दिनुहुन्छ ।

यस्तै नेकपा माओवादी केन्द्र चितवन शाखाले क्षेत्र नं ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरिसकेको छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठबन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ । पार्टीले चुनाबी अभियान अघि बढाएको उहाँ बताउनुहुन्छ ।

आन्तरिक सङगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको जिल्लाअध्यक्ष अधिकारीको भनाइ छ । नेकपा समाजबादीका नेता कृष्ण खनाल गठवन्धनको निर्णयअनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउनुहुन्छ । राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताउनुभएको छ । जिल्ला अध्यक्ष रुद्र ढकाल क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवारले उम्मेदवारी दिने बताउनुहुन्छ । गठवन्धन भएमा सोहीअनुसार मिलाइने उहाँको भनाइ छ । जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठवन्धन गरेका थिए । सत्ता र बिपक्षीको दुई गठवन्धन बनेमा आफूले जिकिर गरेको क्षेत्रबाट भन्दा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने बाध्यता जिल्ला नेताहरुमा छ ।

क्षेत्र नं २ बाट खाना र खेतीपातीका अभियान्ता डा कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलन गरी घोषणा गर्नुभएको छ । यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नं ३ बाट हुने जनाउँदै आउनुभएको छ । दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु धेरै छन् । जिल्ला नेतृत्वसँग उम्मेदवारीका लागि जिकिर गर्नेको नाम बाहिर आए पनि प्रदेश र केन्द्रका लागि भने सोझै उम्मेदवारका लागि जिकिर गरिरहेका कतिपय नेता सार्वजनिक भइसकेका छैनन् । साना र नयाँ दलका उम्मेदवारका नाम पनि सार्वजनिक भइसकेका छैनन् । रासस