• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राजदूतस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन गरिने



file

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायुजन्य जोखिम न्यूनीकरणमा हातेमालो गर्दै एकअर्को देशमा भइरहेका ज्ञान र अनुभव आदानप्रदान गर्न पर्वतीय देशका राजदूत र सरोकारवाला संलग्न सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस अर्थात आगामी मङ्सिर २५ गते सम्मेलन गर्ने तयारी भएको वन तथा वातावरणमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्मेलनमा २० देशका राजदूत र विषयविज्ञ सहभागी हुने छन् । जलवायु परिवर्तनले पर्वतीय देशमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन नेपालमा राजदूतस्तरीय अन्तर्राष्ट्रिय जमघट गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

उक्त सम्मेलनका लागि परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग छलफल भएको तथा उहाँहरुले कार्यक्रम अघि बढाउन स्वीकृति दिनुभएको मन्त्रालयले जनाएको छ । पर्वतीय देशको प्रतिनिधित्व हुने गरी नेपालका लागि आवासीय र गैरआवासीय राजदूतलाई उक्त सम्मेलनमा सहभागी गराइने छ ।

उक्त जमघट आगामी फागुनमा मुस्ताङमा हुने पर्वतीय पैरवी सम्मेलनको पूर्व तयारीका रुपमा समेत सहयोगी बन्ने छ । विश्वव्यापी तापमान वृद्धिले उच्च भेगमा वर्षा, बाढी र हिमपातको प्रकृतिमा देखिएको परिवर्तन, कृषि, जनजीविकाका विविध पक्षसँग केन्द्रित रहेर आगामी फागुन अन्तिम साता मुस्ताङमा पर्वतीय सम्मेलन हुँदै छ ।