२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा पाँच सय ८४ जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरी पाँच सय ८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयमा तीन सय ८० र कृषि तथा पुशपन्छी विकास मन्त्रालयमा दुई सय चार गरी कुल पाँच सय ८४ अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो । उहाँका अनुसार सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७९/८० का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका कर्मचरीको दरबन्दी थप गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा ‘युनाइटेड नेसन्स मल्टीडाइमेनसनल इन्टीग्रेटेड स्टयाबीलाईजेसन मिसन इन माली’ मामा सशस्त्र प्रहरी बल, नेपालका एक सय ४० जना ‘फर्मड पुलिस युनिट’ परिचालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी मन्त्रिपरिषद्बाट २०७८ वैशाख १३ गते भएको निर्णय खारेज गरेको छ ।

आगामी भदौ २० देखि २३ गतेसम्म रस्सियामा हुने ‘सेकेण्ड इन्टरनेशनल टाईगर फोरम’ सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव डा पेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले बेलायतमा भदौ २२ देखि २४ सम्म सरकारी निकाय० ले आयोजना गर्ने ‘दि एक्सपोजार प्रोग्राम एन्ड नलेज सेयरिङ रिलेटेड टू दी एरबोर्न लिडार प्रोजेक्ट’ सम्बन्धी भ्रमण कार्यक्रममा सहभागी हुन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । फौजदारी कसुर (कैद कट्टा) (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृति गर्ने निर्णय गरेको छ । विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले तत्काल समस्या समाधान निर्देशिका, २०७९ पनि स्वीकृत गरेको छ ।

विदेशस्थित नेपाली नियोगकको आर्थिक कार्यविधि, २०७९ स्वीकृत गरिएको छ । साथै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव नारायप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले सो अवसरमा जानकारी दिनुभयो ।