११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हरेक पार्टीमा पुराना नेताको अन्त्य कहिले होला भन्ने स्थिति देखापरेको छः अध्यक्ष तिमिल्सिना

हरेक पार्टीमा पुराना नेताको अन्त्य कहिले होला भन्ने स्थिति देखापरेको छः अध्यक्ष तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताउनुभएको छ ।

मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना संघीय सरकार मातहत हुँदा संघीय सरकारमा केही बजेट बढी हुनेकुरालाई स्वभाविक रुपमा हेर्नुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय स्तर, प्रदेश स्तर र स्थानीय स्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले जनसंख्या, भुगोल र बजेटको आधारमा योजनाहरु छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजनाहरु, जनसंख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले करोड भन्दा तलका योजना प्रदेशले स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संघमा धेरै बजेट राख्ने भन्ने कुरा आयो । संघीय सरकारमा केही बजेट बढी हुनेकुरा राष्ट्रिय गौरवको आयोजना भन्दा अर्बौं योजना, जस्तै मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तरदक्षिण करिडोर, तिनकै अर्बौं अर्ब भोलुम हुँदा त्यहीँ बजेट जान्छ । स्पष्ट नीति नहुँदा सानासाना आयोजनाहरु संघबाटै आइरहेका छन् । केही हजारका, लाखका योजना पनि किन संघमा रहने ? सबैतिर किन त्यस्तो भइरहेको छ ? भन्दा त्यहाँ पनि हामीले नीतिगत हिसावले अझै प्रष्टता आएको छैन । कोशिस भइरहेको छ । तर मलाई लाग्छ कि तपाईहरु पनि यो बारेमा छलफल गर्नुहोस् । तर काम गर्दा राष्ट्रिय स्तर, प्रदेश स्तर र स्थानीय स्तरका आयोजना भनेर वर्गीकरण हुनुपर्छ ।

जनसंख्या, भुगोल र बजेटको आधारमा छुट्याउन सकिन्छ । दुई प्रदेशसँग जोडिने आयोजनाहरु संघले, यति जनसंख्यालाई समेट्ने आयोजना र कति बजेटसम्म्मका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्ने त्यो वर्गीकरण भए यो समस्या आउने थिएन की । प्रदेशको लागि पनि सीमा राखौँ । करोडका योजना प्रदेशले र लाखका योजना स्थानीय सरकारले हेर्ने भन्ने योजना बनाऔँ ।’

अध्यक्ष तिमिल्सिनाले संविधानले मन्त्रालयको सीमा नतोकेको भए मन्त्रालयको संख्या हिसाव गर्न नसकिने अवस्थामा पुग्ने बताउनु भयो । उहाँले संविधानले अधिकतम २५ वटा मन्त्रालय भनेकै कारण २५ वटा मन्त्रालयमा सिमित भएको तर संविधानले नतोकोको खण्डमा दलहरुको भागबण्डाले असिमित मन्त्रालय हुने बताउनु भयो । उहाँले २५ वटा मन्त्रालय संविधानले अधिकतम भनेको भन्दै सकेसम्म कम मन्त्रालय बनाएर कम आलोचना र टिप्पणी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले संघीयता आफैँ दोषी नभएको भन्दै कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालय कति राख्ने ? संविधानले त एउटा तोकेक छ, नतोकेका भए के हुन्थ्यो । अहिले तोक्दा संघमा २५ नबढाउने भन्दा त्यही २५ मा ठोकिएको छ । २५ त अधिकतम सीमा हो भनेर १५ वटा बनाएर चलाउँछु भनेर सकिँदैन र ? तर कोही तयार हुँदैनौँ, २५ पाएका छौँ । त्यो माथि जान नपाएर मात्रै हो नत्र कहाँ, कति मान्छे राखेर सरकार टिकाउने, कसलाई चित्त बुझाउने भनेर हामी जान्थ्यौँ । अनि मानिसले आलोचना गर्छ, किन यति धेरै राख्नुपर्छ ? यसले राम्रा पक्षहरु ओझेलमा पर्दैजान्छ । त्यसकारण यसमा राजनीति नेतृत्व गर्ने दलहरुले हाम्रो अबको अभिष्ट के हो ? यो परिवर्तन गरेर आएका दलहरु नै अहिले संघदेखि स्थानीयसम्म छ । चलाउने तरिका बेठिक हो, संघीयता आफैँ दोषी होइन । कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको छ ।’

अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरुको आवाज बनेर संघीयता आउनुपर्ने बताउनु भयो । उहाँले देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने बताउनु भयो । उहाँले अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनशायले प्रार्थना गरेर बस्नुपर्ने स्थित देखापरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछि परेको ठाउँलाई अघि बढाउनका लागि र निर्धाहको आवाज बनेर संघीयता आउनुपर्छ । अब देशलाई प्रगतिपथमा कसरी अघि बढाउने भन्ने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा जनतासमक्ष व्यवहारमा जोडिनुपर्छ । अब आउने चुनावमा म कनि उठ्ने र केका लागि उठ्ने भन्ने सोच्नुपर्छ । मन्त्रीका लागि र सांसद बन्नकै लागि सांसद बन्नु हुँदैन ।

चुनावमा किन र केका लागि उठ्ने भन्ने अठोट गरौँ । अहिले पार्टीका नेता, कार्यकर्ताहरु कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना टिकट पाउनका लागि गरिरहेका छन् । अब दलहरुले क्षमता योग्यता हेरेर प्रतिनिधि अघि बढाउनु पर्छ ।’ उहाँले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।