• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन: कमल थापा



file photo

काठमाडौं । राप्रपा नेपाल पुनर्जागृत गरेपछी अध्यक्ष कमल थापाले पहिलोपटक आज सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट संचालन हुने पार्टी नभएको बताए ।’

कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल संचालित हुदैन’थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा कृयाशिल हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली जनताले बिकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको बैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए । राष्ट्रियताको सम्बर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण , धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेन्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो । बेरोजगारी ,भ्रष्टाचार , कुशासन , धर्मपरिबर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठुला भनिने दलहरुसङ्ग दुरदर्शिता र ईमानदारिता नभएको बताए ।

चुनावमा केही सिटमा तालमेल हुने र देशैभरी राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने समेत थापाले स्पष्ट पारे । चुनावी तालमेल नेकपा एमाले सङ्ग हुने सम्भावना बढी भएको समेत उनले बताए । राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरु लाक्पा तामाङ ,सुशिल श्रेष्ठ ,राजाराम बर्तौला, बसन्तमानसिह अधिकारी, तेज कुरुङ्वाङ,बासुदेब भट्टराई ,ममता राई, देबिरमण भट्टराई लगायतले बोलेका थिए ।