९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह एक्शनमा

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह एक्शनमा
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन शुरु गरेको छ ।

सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिनुभएको हो । मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरेपनि घर बनाइ अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न दिएको भन्दै ढलान भत्काएर पार्किङ खुला गर्नुभएको हो ।

महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो । तर त्यो सूचना जारी भएको ३५ दिन बढी हुँदा पनि कार्यान्वयन नभएको भन्दै मेयर साह आफैं मैदानमा उत्रिनुभएको हो । मेयर साहले अण्डरग्राउण्डमा पसल गर्ने सबै व्यवसायीहरुलाई तत्काल पसल नहटाए महानगर आफैँले पसल हटाउने भन्दै चेतावनी दिनुभयो ।

मेयर शाहले नक्स्शापास भए बमोजिम घरको अण्डरग्राउण्डमा पसल भए तुरुन्त खालि गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिनुभयो । यता,नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुर्इंटेलले घरधनीहरुले महानगरमा घरको नक्शा पास गर्दा अण्डरग्राउण्ड पार्किङको लागि भनिएपनि पसल राख्न दिँदा व्यवसायीहरु मर्काका परेको बताउनु भयो । उहाँले व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा एक्कासी हटाउँदा व्यवसायीको सामान व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उहाँले घर धनीसँग सम्झौता गरेर व्यवसाय गरेका न्यून आम्दानी भएका व्यवसायीहरुको विषयमा घरधनी र महानगरले राहत दिनुपर्ने बताउनु भयो ।

अण्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । म्याद सकिएको भन्दै महानगरले पार्किङ भनेर नक्शा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजि र कारबाही शुरु गरेको छ । महानगरले आफ्नो क्षेत्राधिकार भित्र अण्डरग्राउण्ड हटाएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान भएर सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ ।