२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

पाटनमा आज नरसिंह जात्रा मनाइँदै

पाटनमा आज नरसिंह जात्रा मनाइँदै
अ अ+ अ-

ललितपुर । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी ब्राह्मणका रूपमा परिचित देव ब्राह्मण समुदायले पाटनमा सो जात्रा गर्ने परम्परा रहँदै आएको छ ।

ललितपुर महानगपालिका–२० गाबहाल निवासी वलानिम्ह गुठीका ७९ वर्षीय कोमलेशानन्द राजोपाध्यायको घरबाट यस वर्ष नरसिंह जात्रा निकालिने राजोपाध्याय समाजका अध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वडाका साथै वडा नं १६ मङ्गलबजार र वडा नं १९ पूर्णचण्डीमा रहेका कूल १२० राजोपाध्याय परिवार ज्येष्ठताका आधारमा जात्रा निकाल्ने गर्छौँ, पालोवालाको ज्वाइँ तथा भान्जा वा पुरोहितलाई शान्त स्वभावका नरसिंह बनाएर पाटनको प्राचीन नगर परिक्रमा गराइन्छ ।” 

सो जात्रामा नगर परिक्रमा गर्दा मुलुकमा आइपर्ने अनेकौँ आपत्ति, रोगव्याधी, डर, त्रास, आँधीहुरी र प्रकोप आदि नास भएर जाने मान्यता रहेको शर्माले जानकारी गराउनुभयो । राजोपाध्याय परिवारका छ कुलमध्ये एकको वंश वृद्धि हुन नसकेकाकाले हाल सो गुठीसहित अन्य चार नेवार ब्राह्मण बकनिम्ह, स्वनिम्ह, मण्डिछें र तधँलीवीले नरसिंह जात्राको परम्परा धान्दै आएका अध्यक्ष राजोपाध्यायको भनाइ छ । 

“यस जात्रामा अगाडि लाखेनाच त्यसपछि धिमेबाजासँगै भजन टोली, परम्परागत पोशाकमा सजिएका कम्तीमा छ जोडी अप्सरा कन्या, अगाडि नमस्कार मुद्रामा हातमा बालेको धुप बोकेर पछाडिबाट हिँड्ने प्रल्हाद तथा त्यस पछाडि दायाँ लक्ष्मी अनि बायाँ सरस्वतीका बीचमा नरसिंहसहित पालोवालाको परिवारले गाबहाल, पिम्बहाल, नकबहिल, कुम्भेश्वर, मङ्गलबजार, सुन्धारा, टङ्गाल र पूर्णचण्डीको मार्ग परिक्रमा गर्नेछन्”, उहाँले भन्नुभयो, “यस जात्रामार्फत धार्मिक सहिष्णुता कायम अनि आपसी भाइचाराको सम्बन्ध स्थापना हुनुका साथै समाजमा सकारात्मक सन्देशसमेत फैलाउने गरिन्छ ।”

सो जात्रामा भाग लिने अप्सरा कोहीले सडकमा दूध, अबिरसहित लाभा, कुचोले भुइँ बढार्ने, चमरपङ्खा हल्लाउने, राजदण्ड समाउने, नरसिंह सवार हुने सडकमा सेतो कपडा ओछ्याउने आदि काम गर्ने नरसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यस जात्राको सुरुआत कहिलेबाट भयो भन्ने यकिन जानकारी नभए पनि पाटनका राजा सिद्धिनरसिंह मल्लले लोककल्याणका साथै जनकल्याणका लागि कात्तिक नाच सँगसँगै यस जात्रासमेत चलाएका हुन् ।” सो जात्रामार्फत विश्वको शान्तिको कामना गरिने शर्माले जानकारी गराउनुभयो ।

सो जात्राको अघिल्लो दिन नरसिंह बन्ने मानिस शुद्ध भएर जात्रा समाप्त नभएसम्म निराहार बस्नुपर्ने हुन्छ । नरसिंह जात्रा सुरु हुनुअघि तथा समाप्तिपछि पालोवालाको घरमा विधिपूर्वक तन्त्रोत्क पूजा गर्ने चलन रहेको शर्माको भनाइ छ ।

नरसिंह जात्रा सञ्चालनमा थुप्रै रकम खर्च हुने भएकाले दुई वर्षअघि मात्रै नेपाल पर्यटन बोर्डले रु १० लाख अक्षयकोष स्थापना गर्न दिएको अध्यक्ष राजोपाध्यायले जानकारी गराउनुभयो । “जात्रा चलाउने उपाकर्म गुठीले आफ्नो छुट्टै कोष स्थापना गरे पनि आर्थिक व्यवस्थापनमा सधैँ हम्मेहम्मे पर्ने गर्छ”, उहाँले भन्नुभयो । 

जात्राका बेला नगर परिक्रमा गर्दा नरसिंह बन्ने व्यक्तिको जीउमा कपडा बाँधी दुई सेतो कपडाको पुतली बनाएर लतार्दै हिँड्ने चलन छ । सो पुतलीलाई मधु कैटव दानवका रूपमा निर्माण गरी घिसार्दै दण्ड दिएको मानिन्छ । सो घिसार्दै हिँडेको पुतलीलाई यदि कुनै बालकले नाघेमा रुन्चे हट्ने जनविश्वाससमेत रहेको छ ।

नरसिंह जात्रामा विष्णुका साथै शक्तिको पनि आरधना गर्ने गरिन्छ । नरसिंह जात्रा मनाउनुअघि श्रीधर नारायणको जात्रा हुने गरेको थियो । सो समय नारायणको जात्रा गर्दा केही समूहबाट आक्रमण भएर रोकिएको पाटनवासीको भनाइ छ । नरसिंहलाई प्राकृतिक प्रकोप वा सङ्कट मोचनका रूपमा लिइने हुँदा कात्तिक नाचको क्रममा निस्कनेलाई उग्ररूप मानिनुका साथै आज जात्रा हुनेलाई शान्त स्वभावका नरसिंह मानिन्छ । 

धार्मिक अनि सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा यदि कुनै गर्भवती महिलाले हेरेमा सोको गर्भ तुइने जनविश्वास रहेको अध्यक्ष राजोपाध्यायले सुनाउनुभयो ।