२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस-सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओटीटीमा आउँदै



अ+ अ-

काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माणमा बनेको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज भएको छ ।

गुगल एन्ड्रोइडको ओहो एपमार्फत फिल्म हेर्न सकिनेछ । धुर्मुस–सुन्तली नामले चर्चित यो जोडीकै लेखन तथा निर्देशन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित भएर बनेको छ ।

एप डाउनलोड गरि प्रभु-पेमार्फत ३२० रुपैयाँ तिरेर दर्शकले उक्त फिल्म हेर्न सक्नेछन् ।

फिल्ममा धुर्मुस–सुन्तलीसँगै रवि गिरी, विजय बराल, पल्पसा डंगोल, बुद्धि तामाङको मुख्य भूमिका छ ।