२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल ज्वरोका बिरामी बढे



अ+ अ-

दाङ । मौसमी परिवर्तनका कारण  यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका  बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । 

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी  उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उहाँको भनाइ थियो ।  सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले  उपचारमा समेत समस्या भइरहेको बताइएको छ । 

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको छ  भन्नुभयो ।  ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता  लक्षणका  बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न  र सरसफाइ  तथा खाने कुरामा ध्यान दिनुपर्छ ।”  

सुपरिटेन्डेन्ट डा सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा  स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई   झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन  र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले   सचेत हुन पनि सुझाव  दिनुभयो । (रासस)