१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान मामिलामा भारत ‘मौन’



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएपछि त्यहाँ उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर भारत मौन बसेको छ । 

अफगानिस्तानलाई आफ्नो मित्र मान्दै आएको असरफ घानी नेतृत्वको सरकार अपदस्थ भएको दुई साता भइसक्दासम्म भारतले कुनै प्रतिक्रिया जनाएको छैन । 

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा पनि अफगानिस्तानको सन्दर्भमा कुनै स्पष्ट धारणा व्यक्त गरेको खबर बाहिर आएन । उनले अफगानिस्तानको स्थितिबारे ब्रिफिङ गर्नुका साथै त्यहाँ रहेका भारतीयहरूको उद्धारका लागि भइरहेको प्रयासको जानकारी मात्रै बैठकमा दिए । 

तालिवानले अफगानिस्तानमा नियन्त्रण लिनुभन्दा १५ दिन अगाडि २९ जुलाईमा विदेशमन्त्री जयशंकरले संसद्‌मा बाहुबलले अफगानिस्तानमा गरिने सत्ताकब्जालाई भारतले स्वीकार नगर्ने अभिव्यक्ति दिएका थिए । 

भारतले १५ अगस्टमा आफ्नो ‘स्वतन्त्रता दिवस’ मनाइरहँदा तालिवानले त्यही दिन अफगानिस्तानको विभिन्न प्रान्तसहित काबुललाई आफ्नो पकडमा पारेको थियो । भारतको राम्रो मित्र मानिएका अफगानिस्तानका राष्ट्रपति घानी देश छाडेर बाहिरिए । अमेरिकाको सहयोगमा अफगानिस्तानमा बनेका सरकारहरूसँग भारतको राम्रो सम्बन्ध रहँदै आएको थियो । 

दक्षिण एसियामा हुने कुनैपनि राजनीतिक वा महत्वपूर्ण घटनामा तत्कालै अग्रसरता लिने भारत आफ्नो मित्रराष्ट्र अफगानिस्तानमा भएको घटनाप्रति भने केही प्रतिक्रिया नदिनुमा प्रश्न उठ्न गएको छ । 

भारतले अफगानिस्तानमा तीन अर्ब डलरको लगानी गरेको छ ।  केही भारतीयहरु अफगानिस्तान छाडेपनि अझै थुप्रै भारतीयहरू अफगानिस्तानमा छन् । भारतले त्यहाँ संसद् भवन, बाँध, स्कुल, अस्पताललगायत कैयन् परियोजनामा लगानी गरेको र त्यसको सुरक्षाका कारण पनि भारतलाई तत्कालै चर्को स्वरमा तालिवानको विरोध गरिहाल्न समस्या भएको बताइन्छ ।