२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ भएन



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।

बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको उक्त मुद्दा शुक्रबार पनि सुनुवाई हुन नसकेको हो । 

विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।