• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै चुनावी घोषणापत्रमार्फत चुनाव लड्ने



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आसन्न निर्वाचनमा एउटै चुनावी घोषणापत्रमार्फत लड्न सहमत भएका छन् ।

दुवै दल पार्टी एकताका लागि संयोजन समिति बनाउन सहमत भएपछि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै घोषणापत्र बनाएर उम्मेदवारी दिन लागेका हुन् ।

एकीकृत समाजवादीले एकता समायोजन समिति बनाउने निर्णय गरेर पहिलोपटक माओवादी केन्द्रसँग वार्ता गरेको थियो । हात्तीवनस्थित एक घरमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता संयोजन समिति बनाउने सहमति भएको बताइएको छ ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसाल पनि सहभागी भएको बताइएको छ ।

विसं २०७४ मा नेकपा (एमाले) र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणापत्र बनाएर उम्मेदवारी दिएका थिए ।