५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै चुनावी घोषणापत्रमार्फत चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आसन्न निर्वाचनमा एउटै चुनावी घोषणापत्रमार्फत लड्न सहमत भएका छन् ।

दुवै दल पार्टी एकताका लागि संयोजन समिति बनाउन सहमत भएपछि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै घोषणापत्र बनाएर उम्मेदवारी दिन लागेका हुन् ।

एकीकृत समाजवादीले एकता समायोजन समिति बनाउने निर्णय गरेर पहिलोपटक माओवादी केन्द्रसँग वार्ता गरेको थियो । हात्तीवनस्थित एक घरमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता संयोजन समिति बनाउने सहमति भएको बताइएको छ ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसाल पनि सहभागी भएको बताइएको छ ।

विसं २०७४ मा नेकपा (एमाले) र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणापत्र बनाएर उम्मेदवारी दिएका थिए ।




भर्खरै