१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा रिटको सुनुवाइ कुन इजलासमा गर्ने भन्नेबारे बहस शुरु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको  सुनुवाइ कुन इजलासमा गर्ने भन्नेबारे बहस शुरु भएको छ ।

तत्कालीन ओली सरकारले २०७७ मंसिर  ३० मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा पुगेको छ । 

यता प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासबाट अलग गर्न चाहेनन् । शुक्रबार इजलास शुरु भएपछि जबराले चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने बताए । 

अबको बहस संवैधानिक इजलासले हेर्ने कि पूर्ण इजलासमा पठाउने भन्नेबारे हुनेछ । 

यता प्रधानन्यायाधीशको अध्यक्षतामा गठित इजलासमा  सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन पनि राणा जिम्मेवार भएको जिकिर गरेका थिए ।