२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण



अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले  चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । 

उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले फोक्सो, निमोनिया र आँखाका समस्या समाधान हुने बताइएको छ । ती समस्याबाट जोगिन  र दाउराको खपत समेत कम गर्न चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

वडाध्यक्ष योगेन्द्र ठकुल्लाले भन्नुभयो, “धुवाँ आउने चुलोले बालबालिकासहित घरका परिवारलाई निकै सास्ती थियो, अहिले धुवाँरहित चुलो आएपछि वडावासीलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।” जिल्लामा निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गर्ने उक्त संस्था पहिलो हो । नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । निकट भविष्यमा पालिकाका सबै वडामा चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ । (रासस)