२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण



अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले  चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो । 

उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो । धुवाँले फोक्सो, निमोनिया र आँखाका समस्या समाधान हुने बताइएको छ । ती समस्याबाट जोगिन  र दाउराको खपत समेत कम गर्न चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

वडाध्यक्ष योगेन्द्र ठकुल्लाले भन्नुभयो, “धुवाँ आउने चुलोले बालबालिकासहित घरका परिवारलाई निकै सास्ती थियो, अहिले धुवाँरहित चुलो आएपछि वडावासीलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।” जिल्लामा निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गर्ने उक्त संस्था पहिलो हो । नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । निकट भविष्यमा पालिकाका सबै वडामा चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ । (रासस)