११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलद्वारा सभामुख सापकोटासँग शिष्टाचार भेट

दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलद्वारा सभामुख सापकोटासँग शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौं।  सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।
सभामुख सापकोटालाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४८ बर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताउनु भयो । उहाँले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’

आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको धारणा राख्नु भयो । नेपाल र दक्षिण कोरियाबीच उच्चसमझदारी विकास गरेर जानु पर्ने उहाँको भनाई थियो । उहाँले उच्चस्तरीय भ्रमणबाट सम्बन्ध विस्तारमा सहयोग पुगेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन संसदीय मैत्री समुहलाई थप सक्रिय बनाउन सकिने बताउनु भयो ।

भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरु दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई मायाँ गर्ने सांसदहरु रहेको बताउनु भयो । कोरियामा कार्यरत नेपाली कामदारहरु मेहनती भएकोले रोजगारदाताले नेपाली कामदारहरुलाई मन पराउने गरेको उहाँको भनाई थियो । प्रतिनिधि मण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिनु भएको थियो ।

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने जानकारी दिनु भयो ।

प्रतिनिधि मण्डलमा मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलगायत सहभागि हुनुहुन्थ्यो ।