९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी, पहिरो र डुवानबारे छलफलका लागि गृहमन्त्री खाँडले बोलाए बैठक



file
अ+ अ-

काठमाडौं । देशभर अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानको अवस्थाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाएका छन्। 

बैठकले विपद्पछि कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउने बताइएको छ।

गृहमन्त्री खाँडको अध्यक्षता रहने बैठकमा विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् ।