२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा



अ+ अ-

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । 

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो । अपराह्न पहिरा पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिनुभयो। (रासस)