• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

दाहाल, रावल र महतोको स्मरणमा स्वर्गीय नेता गिरी



काठमाडौँ । विभिन्न राजनीतिक पार्टीका नेताहरुले काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनु भएको छ ।

आईतबार काँग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरुले प्रखर समाजवादी चिन्तक समेत रहनु भएका गिरीको निधन मुलुकका लागि ठूलो क्षति भएको बताउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनु भयो ।

उहाँले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने बताउनु भयो । अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘नेपालको राजनीति र सामाजिक रुपान्तरणको अभियानमा एउटा निकै ठूलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो ।

उहाँले नेपाली समाजको रुपान्तरणको निम्ति काम गर्नु भयो । उहाँको बौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैको निम्ति प्रेरणाको स्रोतको रुपमा सदा रहने मैले विश्वास लिएको छु । उहाँको अभाव धेरै समयसम्म खटकी रहनेछ । हामीले उहाँको योगदानबाट प्रेरणा लिने र उहाँले समाजवादको निम्ति जेजस्ता चिन्तन गर्नु भयो, त्यसबाट शिक्षा लिएर अघि बढनुको विकल्प हामीसँग छैन । प्रदीप गिरीजीको व्यक्तित्वले हामी सबैलाई निःश्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन्, एउटा समाज सेवाको, जनता र राष्टको सेवा गर्ने माध्याम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ ।’

नेकपा (एमाले)का नेता भिमबहादुर रावलले नेता गिरीलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताउनु भयो । कार्यकारी पद र प्रतिष्ठा नभएपनि नेताहरु सम्मानित हुन सक्छन भन्ने कुरापनि गिरीले पुष्टि गर्नु भएको उहाँको भनाई थियो । नेता रावलले भन्नु भयो, ‘नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरीजीले नेपाली राजनीतिमा निकै ठूलो छाप छोडनु भएको छ । र, उहाँले जुन किसिमको आफ्नो सिद्धान्तमा अडिग भएर लोकतन्त्रका लागि काम गर्नु भयो । उहाँलाई एउटा बौद्धिक र लोकतन्त्रको लागि निरन्तर संघर्षरत योद्धाको रुपमा म स्मरण गछु ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गर्नु भयो । गिरी सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उहाँको निधन मुलुकका लागि अपूरणीय क्षति भएको पनि उहाँले बताउनु भयो । नेता महतोले भन्नु भयो, ‘उहाँलाई देशले सदा सम्झि रहनेछ । यो अपूरणीय क्षति हो देशका लागि । उहाँ सिद्धान्तनिष्ट, आर्दशवादी नेता हुनुहुन्थ्यो सम्पूर्ण देश र जनताका लागि । उहाँले काँग्रेसको नेता भएपनि देश र जनताको हितका लागि निर्भिकताका साथ विद्रोह गर्ने एक मात्रै नेता हुनुहुन्थ्यो ।’

नेता महतोले देश र जनताको हितका लागि काँग्रेस भित्रै पनि गिरीले पटक पटक बिद्रोह गरेको स्मरण गराउनु भयो ।