११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दाहाल, रावल र महतोको स्मरणमा स्वर्गीय नेता गिरी

दाहाल, रावल र महतोको स्मरणमा स्वर्गीय नेता गिरी
अ अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक पार्टीका नेताहरुले काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनु भएको छ ।

आईतबार काँग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरुले प्रखर समाजवादी चिन्तक समेत रहनु भएका गिरीको निधन मुलुकका लागि ठूलो क्षति भएको बताउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनु भयो ।

उहाँले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने बताउनु भयो । अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘नेपालको राजनीति र सामाजिक रुपान्तरणको अभियानमा एउटा निकै ठूलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो ।

उहाँले नेपाली समाजको रुपान्तरणको निम्ति काम गर्नु भयो । उहाँको बौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैको निम्ति प्रेरणाको स्रोतको रुपमा सदा रहने मैले विश्वास लिएको छु । उहाँको अभाव धेरै समयसम्म खटकी रहनेछ । हामीले उहाँको योगदानबाट प्रेरणा लिने र उहाँले समाजवादको निम्ति जेजस्ता चिन्तन गर्नु भयो, त्यसबाट शिक्षा लिएर अघि बढनुको विकल्प हामीसँग छैन । प्रदीप गिरीजीको व्यक्तित्वले हामी सबैलाई निःश्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन्, एउटा समाज सेवाको, जनता र राष्टको सेवा गर्ने माध्याम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ ।’

नेकपा (एमाले)का नेता भिमबहादुर रावलले नेता गिरीलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताउनु भयो । कार्यकारी पद र प्रतिष्ठा नभएपनि नेताहरु सम्मानित हुन सक्छन भन्ने कुरापनि गिरीले पुष्टि गर्नु भएको उहाँको भनाई थियो । नेता रावलले भन्नु भयो, ‘नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरीजीले नेपाली राजनीतिमा निकै ठूलो छाप छोडनु भएको छ । र, उहाँले जुन किसिमको आफ्नो सिद्धान्तमा अडिग भएर लोकतन्त्रका लागि काम गर्नु भयो । उहाँलाई एउटा बौद्धिक र लोकतन्त्रको लागि निरन्तर संघर्षरत योद्धाको रुपमा म स्मरण गछु ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गर्नु भयो । गिरी सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उहाँको निधन मुलुकका लागि अपूरणीय क्षति भएको पनि उहाँले बताउनु भयो । नेता महतोले भन्नु भयो, ‘उहाँलाई देशले सदा सम्झि रहनेछ । यो अपूरणीय क्षति हो देशका लागि । उहाँ सिद्धान्तनिष्ट, आर्दशवादी नेता हुनुहुन्थ्यो सम्पूर्ण देश र जनताका लागि । उहाँले काँग्रेसको नेता भएपनि देश र जनताको हितका लागि निर्भिकताका साथ विद्रोह गर्ने एक मात्रै नेता हुनुहुन्थ्यो ।’

नेता महतोले देश र जनताको हितका लागि काँग्रेस भित्रै पनि गिरीले पटक पटक बिद्रोह गरेको स्मरण गराउनु भयो ।