९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साताभित्र ‘लाइसेन्स’ परीक्षा सञ्चालन हुने



अ+ अ-

काठमाडौं । कोरोनाका कारण वैशाखदेखि स्थगित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरिने भएको छ । 

यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै एक साताभित्र चालक अनुमतिपत्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले बिहान र दिउँसो दुई सिफ्टमा विभाजन गरी परीक्षा सञ्चालन गर्न भनेको छ । 

एक सिफ्टमा ५० जना मात्रै परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्न पाइनेछ । 

लामो समय परीक्षा रोक्दा आवेदन भर्नेको संख्या लाखौँ पुगिसकेको छ भने हाल ६ लाख आवेदनकर्ता परीक्षाको पखाईमा छन् ।