२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमन रुपाखेतीका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा मृत्यु भएको छ । 

पारिवारीक श्रोतका अनुसार रुपाखेतीको शुक्रबार बिहान १० बजे थानकोटस्थित आफ्नै घरमा निधन भएको हो । 

मृतक रुपाखेतीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक समेत थिए ।

श्रीहरीका चार जना छोराछोरी रहेका छन् । दमनले हाल हास्य टेलिसिरियल मेरी बास्सै को निर्देशन गर्दै आएका छन् ।