२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

शान्ति समाजको प्रतिनिधिभण्डलद्वारा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीसँग छलफल

शान्ति समाजको प्रतिनिधिभण्डलद्वारा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीसँग छलफल
अ अ+ अ-

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटासँग मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । 

संसद सचिवालय सिंहदरबारमा भएको छलफलमा नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

साथै बारुदी सुरुङको प्रयोग, भण्डारण,तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन हुनुपर्नेमा पनि जोड दिइएको छ ।  

यस्तै, शुक्रबार नै शान्ति समाजको प्रतिनिधिभण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिनासँग पनि छलफल गरेको छ ।

राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ  । 

चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।

यसैगरी भदौ ९ गते मन्त्री पम्फा भुसालसँग समस्त नागरिकको उर्जाको अधिकार सुनिश्चित हुने गरि ठोस राष्ट्रिय कार्ययोजना निर्माण गर्न आग्रह गर्दै छलफल गरिएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न हुनुहुन्थ्यो ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था रहेको छ । 

जसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । 

मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।