१४ भाद्र २०८३, आईतवार
,
Latest
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो ।

“कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ”, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।