६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो ।

“कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ”, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।