२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

तापमान वृद्धि: विश्वले १.५ डिग्रीमै सीमित गरे पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी

तापमान वृद्धि: विश्वले १.५ डिग्रीमै सीमित गरे पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी
अ अ+ अ-

बीबीसी । हुन त ०.०५६ डिग्री सेल्सीअस भनेको धेरै जस्तो नलाग्ला। यो त्यही अङ्क हो जति मात्रामा नेपालको औसत वार्षिक तापमान वृद्धि भइरहेको ठानिन्छ।

जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निचोडले नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको देखाएको थियो। नेपालमा तापक्रम वृद्धि तराईभन्दा हिमाली क्षेत्रमा बढी देखियो।

“अधिकतम तापक्रमको वृद्धि प्रवृत्तिले स्पष्ट रूपमा देशव्यापी तापमान बढेको देखाउँछ। ठाउँको उचाइअनुसार तापक्रमको औसत वृद्धि झन् धेरै भएको देखिन्छ,” नेपाल सरकारले राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी निकायलाई हालै गरेको ‘तेस्रो राष्ट्रिय सञ्चार’ले उल्लेख गरेको छ।

मध्यम कालमा (सन् २०१६ देखि सन् २०४५) सम्म औसत तापक्रम ०.९ देखि १.१ डिग्रीले बढ्ने र दीर्घकालमा भने (सन् २०३६ देखि २०६५) मा औसत तापक्रम १.३ देखि २.८ डिग्रीले बढ्ने पनि उक्त दस्तावेजमा उल्लेख छ।

विश्वले तापक्रमको औसत वृद्धिलाई औद्योगिक कालभन्दा पहिलाको तुलनामा डेढ डिग्री सेल्सीअसमा सीमित गर्ने भनिरहेको छ।

तर यसका दुईवटा पाटा छन्। एक त उक्त लक्ष्यलाई भेट्न आवश्यक हरितगृह ग्यास उत्सर्जनको कटौतीमा अपेक्षित तदारुकता देखिँदैन भने अर्को यो लक्ष्य भेटिइहाले पनि यसको प्रभाव अन्यत्रभन्दा नेपालजस्तो हिमाली देशमा धेरै पर्ने देखिन्छ।

वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव राधा वाग्ले भन्छिन्, “तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सीअसमा सीमित गर्न सकिए पनि नेपालका हिमाली क्षेत्रमा त्यसको प्रभाव १.८ डिग्री सेल्सीअसले बढेको जस्तो पर्छ।”

के छ प्रभाव ?
हेर्दा वा सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको विज्ञहरूले बताएका छन्।

नेपालको हकमा यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्ने बताइन्छ।

तापक्रम वृद्धिले औसत वर्षाको परिमाण मध्यम कालमा दुईदेखि छ प्रतिशत अनि दीर्घकालमा आठदेखि १२ प्रतिशतले बढ्ने वन तथा वातावरण मन्त्रालय तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले देखाएको छ। त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको बताइन्छ।

विश्वव्यापी जलवायु सम्झौता प्यारिस अग्रीमन्टबमोजिम सबै देशले तापक्रम वृद्धिलाई नियन्त्रण गरेर डेढ डिग्रीमा सीमित गर्दा पनि त्यसको असर हिमाली क्षेत्रमा डरलाग्दो पर्ने जलवायु परिवर्तनका जानकार मञ्जित ढकालले बताए।

उनी भन्छन्, “अहिले नै विश्व तापक्रम १.१ डिग्रीले बढिसक्यो। त्यसलाई १.५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एकतिहाइ हिउँ पग्लिने इसिमोडको अध्ययनले देखाएको छ।”

अर्थात् विश्वले कबुल गरेबमोजिम नै तापक्रम वृद्धिको गति घटाउन सके पनि हिमाली देशहरूका निम्ति त्यो अपर्याप्त हुनसक्छ। त्यसका दुष्परिणाम कस्ता होलान् भन्ने विषयमा सचेत हुन विज्ञहरूले सुझाएका छन्।

नोभेम्बर १ तारिखदेखि ब्रिटेनको ग्लास्गोमा हुने कोप२६ भनिने जलवायु सम्मेलनमा पूर्वसन्ध्यामा नेपाल सरकारले राष्ट्रसङ्घलाई दिएको दस्तावेजमा नेपालले विश्वव्यापी तापक्रम वृद्धि रोक्ने दिशामा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नै शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०५० सम्म भेट्ने जनाएको छ।

तर उत्सर्जनका वास्तविक अगुवा देशहरू नै अग्रसर नभएसम्म यसले सुखद परिणाम नल्याउने स्पष्ट देखिन्छ।