२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड दिउँः राष्ट्रपति

जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड दिउँः राष्ट्रपति
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिनुभएको छ । 

जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएतापनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको स्पष्ट पार्नुभएको हो  । 

राष्ट्रपति कार्यालय, महाराजगन्जमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधी तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति (आइपीसीसी)ले हालै प्रकाशित गरेको प्रतिवेदनउपर अलग-अलग प्रस्तुतिहरू राखिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भन्नुभयो, "कार्बन उत्सर्जनद्वारा विश्वव्यापी तापमान वृद्धि गर्न नेपालको भूमिका छैन । तर, तापमान वृद्धिकै कारण नेपालका हिमालहरू पग्लिने क्रम बढ्ने, वर्षातको प्रवृत्तिमा परिवर्तन आउँदा बाढी र भूक्षयका घटनाहरू बढ्ने लगायतका प्रभावको हामीले सामना गर्नु परिरहेको छ ।" 

जलवायु परिवर्तनका विविध पक्षलाई  मध्यनजर गरी यसका नकारात्मक एवं आकस्मिक प्रभावबाट जनताको सुरक्षा गर्न नेपालले पर्वतीय तथा अल्पविकसित राष्ट्रका रूपमा भोगिरहेका समस्यालाई  विश्वमन्चमा बलियो गरी उठाउनका लागि सबै सरोकारवाला पक्षको ध्यानाकर्षण सो अवसरमा राष्ट्रपतिले गराउनुभएको थियो ।

सार्वजनिक यातायातदेखी  नागरिकको भान्सासम्म नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिई पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न सके वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुग्ने विश्वाससमेत राष्ट्रपतिले सो अवसरमा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले कोषका गतिविधिका साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपालको राष्ट्रिय प्रतिवद्धताका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो । 

कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले कोषको इतिहास र वर्तमान अवस्थाबारे परिचय गराउनुभएको थियो भने कार्यक्रममा कोषका वैज्ञानिकहरू डा. सिद्धिरत्न बज्राचार्यले वन्यजन्तु  संरक्षण र डा. मनिषराज पाण्डेले आइपीसीसीको प्रतिवेदनउपर प्रस्तुतिकरण गर्नुभएको थियो ।