२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

मष्टो मेला हेर्न गएकी युवतीमाथि सामूहिक बलात्कार

मष्टो मेला हेर्न गएकी युवतीमाथि सामूहिक बलात्कार
अ अ+ अ-

जुम्ला । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिनुभयो ।

पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ ।”

त्यसैगरी शारीरिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अशक्त महिलालाई रावतले डर त्रास देखाएर बलात्कार गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।