२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

सडक खण्ड क्षतविक्षत भएपछि सबेरैदेखि रातिसम्म खट्छन् हिमालीका ‘ट्रक’

सडक खण्ड क्षतविक्षत भएपछि सबेरैदेखि रातिसम्म खट्छन् हिमालीका ‘ट्रक’
अ अ+ अ-

मनाङ । बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । 

खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो । स्थानीयवासीलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउण्डेशनको सहयोगमा घुमाउरो बाटो सहारामार्फत खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिनुभयो । 

कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाईको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो ।

अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा सामग्री विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । 

यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । घुमाएर ल्याइएको खाद्यान्न सामग्री पाउँदा स्थानीयवासी हर्षित भएका छन् । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ ।