११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सेप्टेम्बर हमलामा ओसामा बिन लादेन सम्लग्न भएको प्रमाण छैनः तालिवान

सेप्टेम्बर हमलामा ओसामा बिन लादेन सम्लग्न भएको प्रमाण छैनः तालिवान
अ अ+ अ-

एजेन्सी । तालिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । 

अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका क्रममा केही वर्षसम्म ओसामा बिन लादेनलाई सुरक्षित वासप्रदान गरेको तालिबान समूहले सेप्टेम्बर ११ हमलापछि लादेनलाई अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । वासिङ्टन पोस्टका अनुसार, तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले एनबीसी समाचारलाई बुधबारको एक अन्तरवार्ता भनेका छन्,  “जब ओसामा बिन लादेन अमेरिकीहरूका लागि मुद्दा बने उनी अफगानिस्तानमा थिए ।” 

लादेन सेप्टेम्बर ११ को आक्रमणमा संलग्न भएको कुनै प्रमाण नभएको दावी गर्दै उनले थपे “यद्यपि अहिले हामीले अफगान भूमि कसैका विरुद्ध प्रयोग हुने छैन भनेर प्रतिज्ञा गरेका छौं ।” 

सन् २००१ मा बिन लादेनको योजनामा वल्र्ड ट्रेड सेन्टरका टावर र पेन्टागनमा भएको आक्रमणपछि राष्ट्रपति जर्ज डब्लु बुसले तालिबान समूहसँग लादेनलाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो । आग्रहलाई अस्वीकार गर्दा तत्कालिन अमेरिकी राष्ट्रपति बुसले अमेरिकी हवाई हमलाको अभियान सुरु गरेका थिए । अफगान नर्दन एलायन्सको स्थल सेनासँगसँगै मिलेर इस्लामवादी शासनलाई ध्वस्त पारेको वाशिंगटन पोस्टले समाचारमा लेखेको छ । 

ओसामा बिन लादेन विश्वव्यापी आतङ्ककारी समूह अल कायदाका प्रमुख र सन् २००१ मा संयुक्त राज्य अमेरिकामा भएको सेप्टेम्बर ११ आतंककारी हमलाका प्रमुख योजनाकार रहेको मानिन्छ । 

उनी सन् २०११ मा ग्यारेसन शहर अबोटाबादमा अमेरिकी नौसैनिक सिलद्वारा परिचालन गरेको सैन्य अभियानका क्रममा मारिएका थिए । तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएपछि अफगान भूमि आतङ्ककारी उत्पादन केन्द्र बन्ने चेतावनी केही सैन्यविद्हरूले बताएका छन् । 

गत वर्ष दोहामा हस्ताक्षर गरिएको अमेरिका–तालिबान सम्झौता अनुसार तालिबानले अल कायदासँगको सम्बन्धलाई तोड्ने प्रतिज्ञा गरेको छ । सन् २००१ देखि यो समूह निकै कमजोर भए तापनि यसका लडाकुहरू अफगानिस्तानमै रहेका विश्वास गरिएको छ । 

गत महिना संयुक्त राष्ट्रसंघले दायस र अल–कायदाजस्ता आतङ्ककारी समूहको खतरा अफगानिस्तानका धेरै स्थानमा विस्तार भइरहेको चेतावनी दिएको थियो र शान्ति प्रक्रियासँग सम्बन्धित कामहरू अनिश्चित र थप विग्रने खतरामा रहेको बताएको थियो । यसले यस क्षेत्रको नै सुरक्षा स्थिति कमजोर बन्ने राष्ट्रसंघको बुझाई थियो ।