• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बाँकेमा सवारी दुर्घटनामा परी एकको मृत्यु



सांकेतिक तस्बिर

राँझा । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् ।

घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।