२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग लड्न सक्दैनन्ः ओली

चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग लड्न सक्दैनन्ः ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ । 

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नु भयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नु भयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नु भयो, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन रे । एमालेसँग एक्लै लडन सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लडन कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लडन कोही सक्दैन–सबैलाई थाहा छ । 

त्यसकारण मिलाउने अरे, मिलेर लडने रे । एक÷एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होईन ? एक÷एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन् ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरु कुरामा लडन सक्नु हुन्छ । काममा होईन्, मैदानमा होईन्, व्यवहारमा होईन ।’

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो । एक÷दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव चिन्ता गरेर बस्ने होईन । म कमरेडहरुलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालि हाल्छ नि । देख्नु भएन् कमिटीहरुको टुँसो पलाएको ? महिलाहरु कसरी जाँग्दैछन् । युवाहरु कसरी जाँग्दैछन । त्यसकारण नँयानयाँ पालुवाहरु पलाउदैछन । नयाँनयाँ हाँगाहरु हाल्दैछन । अझै मजदुत वृक्ष हाँगा फैलिदै छन । उचाईतिर जाँदैछ ।’

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘हामी जनादेशबाट सरकारबाट हटाईएका होइनौं । जालझेलबाट सरकारबाट हटाइएको हो । चुनाव त आओस् नेकपा एमालेले जवाफ दिनुपर्छ यी सबै कुराहरुको । यी सबै खुद्रा षडयन्त्रको एकमुष्ट जवाफ दिनुपर्छ एमालेले । महालक्ष्मी नगरपालिकामा एउटा पनि सदस्यहरुले अरु पार्टीले चिप्ल्याएर लान नपाओस भन्नु कुरा यहाँका साथीहरुले ध्यान दिनु पर्दछ । किन दिने अर्कोलाई ? जोसँग दृष्टिकोण छैन । केही छैन । विचार नभएको । एउटा यता फर्केको, अर्को उता फर्केको चतुरमुख जस्तो चारतिर फर्केका । खान मात्रै जानेका । देश विकास के हो ? भनि थाहा नपाएको यस्ता झुण्डलाई कही पनि चुनाव जित्न दिनु हुन्न । संघीय निर्वाचनमा, प्रदेश निर्वाचनमा यिनीहरुलाई कहीँ पनि जित्न दिनु हुदैन, एमालेले दिँदैन । प्रदेशमा को उठछ, एमाले उठछ र त्यसले सान्दार ढंगले जित्छ । अरु सबैको एकातिर जोड्दा कम्मर–कम्मरमात्रै हुनुपर्दछ उनीहरुको उचाई । सबै एकातिर जोड्दा नेकपा एमाले सर्कक्कै माथि हुुनु पर्दछ ।’

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावी समेत गर्नु भयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनु भयो । नुहाउँदा एक÷दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नु भयो, ‘पार्टी फुटेको होइन् । केही मान्छेहरु पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रीएका मान्छेहरुले पार्टी छोडेका हुन ।’

अध्यक्ष ओलीले माधव नेपालहरुलाई एक÷दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दै टाउँको मुडुलो नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाएपनि, राम्रो, ब्रान्डेड साबुन लगाएपनि, छानेको पानीले नुहाएपनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ ?’