६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ ।
    
क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ ।
    
तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । 
    
साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीलेसमेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहनुभएको छ । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ ।  
    
त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले रु ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले रु ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी रहेको छ । गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा उज्वल श्रेष्ठले रु २० लाख ३५ हजार २९  तिर्नु रहेको छ भने कर्णाली एयरले रु १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ । सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सविना राई पुन रहेका छन् । यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले रु १२ लाख ७३ हजार ६९४ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले रु तीन करोड ४७ लाख ५८ हजार ७० तिर्नुपर्ने देखिएको छ । 
    
स्काइलाइन एयरवेजले पनि रु १५ लाख ५० हजार ४०० बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर ९कतार० रहेका छन् भने उनीहरुले रु सात लाख ३८ हजार ४४७ बक्यौता तिर्न बाँकी रहेको छ ।