१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच छलफल (भिडियोसहित)



अ+ अ-

काठमाडौं । उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक शुरु भएको छ । बिहीवार काठमाडौंमा शुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल शुरु भएको हो ।

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी हुनुहन्छ भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी हुनुहुन्छ ।

आजबाट शुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । आजबाट शुरु भएको बैठक भोलि (शुक्रवार) सम्म चल्नेछ ।