२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारीको टुंगो आज पनि लागेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । शुक्रबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीले टुंग्याउन नसकेको हो ।

माओवादी महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् । बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुंगो नलागेको बताए । महराले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ । भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ । पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति छ । अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो ।’