२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भन्नुभयो ।

व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । “विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताउनुभयो । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वृक्षरोपण गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।