२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव



अ+ अ-

भक्तपुर । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा–कृष्णको पूजा एवं दर्शन गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणका लागि खुला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीका लागि मन्दिर खुला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानैदेखि मेला भर्न सत्सङ्गी एवं अन्य भक्तजन लामबद्ध भएका छन् । राति १२ बजेसम्म नै श्यामा श्यामाधाममा विभिन्न पूजन कार्यक्रम भइरहन्छ ।”

सत्सङ्गीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ ५ बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराति १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गरिनेछ । महोत्सवलाई व्यवस्थित गर्न राधा माधव समितिअन्तर्गत डिभाइन युथ क्लबले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ ।