१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव



अ+ अ-

भक्तपुर । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा–कृष्णको पूजा एवं दर्शन गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणका लागि खुला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीका लागि मन्दिर खुला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानैदेखि मेला भर्न सत्सङ्गी एवं अन्य भक्तजन लामबद्ध भएका छन् । राति १२ बजेसम्म नै श्यामा श्यामाधाममा विभिन्न पूजन कार्यक्रम भइरहन्छ ।”

सत्सङ्गीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ ५ बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराति १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गरिनेछ । महोत्सवलाई व्यवस्थित गर्न राधा माधव समितिअन्तर्गत डिभाइन युथ क्लबले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ ।