११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत
अ अ+ अ-

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताउनुभएको छ ।

सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उहाँको भनाइ थियो ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले शुक्रबार शीर्षनेताबीच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिनुभयो । डा महतले अघिल्लो ओली सरकारले निर्वाचनका बेलामा नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेपाली जनताको इच्छाबमोजिम नै यो सरकार आएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफँै सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो ।”

मुलुक निकै कठिन परिस्थितिमा रहेका बेला वर्तमान सरकार निर्माण भएकाले यो सरकारप्रतिका जनताका अपेक्षा धेरै रहेको भन्दै यी अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारले संयमित भएर काम गर्ने उहाँले बताउनुभयो ।