२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक विरुद्ध सशक्त खबरदारीमा उत्रिन आग्रह



अ+ अ-

काठमाडौँ । नागरिकता अध्ययन कार्यदलले पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकलाई यसै संसद्मा हचुवाका भरमा पारित गर्न/गराउन खोज्नु नितान्त असंवैधानिक, अलोकतान्त्रिक र असंसदीय मात्र नभई अधिनायकवादी र चरम राष्ट्रघाती कार्य भएको बताएको छ ।

कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै हालको नेपाली नागरिकता विधेयक अति नै खुला, उदार र खुकुलो नागरिकता नीतिमार्फत नेपालमाथि विदेशीहरुको अत्यधिक जनसांख्यिक अतिक्रमणद्वारा आधिपत्य जमाउने नियतले ल्याइएको भन्दै त्यसका विरुद्ध सशक्त खबरदारीमा उत्रिन सम्पूर्ण नेपाली नागरिकमा अनुरोध गरेको छ ।

राष्ट्रपतिबाट पुनर्विचार गर्न फिर्ता भएको नागरिकता विधेयकमा नेपाललाई नवउपनिवेश बनाएर यहाँका आदिवासी, जनजाति र रैथाने जनसमुदायहरुलाई अल्पमतमा परिणत गर्ने दुर्नियत रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिज्यूबाट फिर्ता भएको सन्देश र प्रक्रियालाई पूरै बेवास्ता गर्दै र राष्ट्रपतिजस्तो राष्ट्रकै गरिमामय अभिभावक संस्थालाई समेत अटेर र न्युन मूल्यांकन गरी सरकारले विधेयकमाथि कहीं कतै कुनै पनि छलफल गर्न/गराउन आवश्यक नठानेर पुनः कथित फास्टट्रयाकबाटै पहिलेजस्तै गरी तथाकथित प्राविधिक बहुमतको दम्भमा बलजफ्तीपूर्वक राष्ट्रिय अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर र संवेदनशील विषयमा जनता र मुलुकलाई मात्र होइन विधेयक पास गर्ने विधायकहरुलाई समेत गुमराहमा राखेर जस्ताको तस्तै हुबहु पारित गर्ने भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

कार्यदलले फिर्ता भएको नागरिकता विधेयक हुबहु पारित गर्ने हो भने यो अत्यन्त गम्भीर, घोरआपत्तिजनक, अति निन्दनीय र परम भर्त्सनायोग्य विषय हो भन्दै यसबारे सार्वभौम संसद् र संसदीय समितिमा पर्याप्त विमर्श हुनुपर्ने तथा पहिले विषयगत समितिले राखेको अंगीकृत वैवाहिक नागरिकका लागि सात वर्षको प्रावधान यथावत् राख्नुपर्ने माग गरेको छ ।

“संसद्कै चुनाव घोषणा भएपछि एकप्रकारले कोमामा पुगेको यो संसद् र काम चलाउ बनेको यो गठबन्धन सरकारलाई यस्ता गम्भीर र दीर्घकालीन महत्वका निर्णय गर्ने अधिकार नै छैन । उसै त यस्ता गम्भीर र दीर्घकालीन प्रकृतिका विषयमा अनिवार्य राष्ट्रिय सहमतिसहित विधायिकाबाट पारित गरिनु पर्ने हुन्छ । त्यसमा त यिनले सोच्नसम्म पनि चाहँदैनन्”, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अस्वाभाविक र अनपेक्षित ढङ्गले पास गराउने जस्तो मूर्खतापूर्ण हर्कत भएको खण्डमा सार्वभौम र स्वाधीन आम नेपाली जनता मुलुकको स्वाधीनता, स्वाभिमान, स्वत्व र अस्तित्व रक्षाका लागि सशक्त प्रतिवादमा उत्रन बाध्य कार्यदलले चेतावनी दिएको छ ।

साथै यो अवस्थामा देशका सच्चा सन्तती आम देशभक्त नेपालीहरु र सम्पूर्ण राष्ट्रप्रेमी शक्ति र जनसमुदायहरुलाई उक्त कार्यको सशक्त र निर्णायक विरोध, अवरोध र प्रतिरोध गर्दै सडकमा उत्रेर पूर्ण खबर्दारी गर्न आग्रह गरेको छ ।

कार्यदलमा संयोजक साध्यबहादुर भण्डारी, सहसंयोजक नारायण शर्मा, सल्लाहकारहरु पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, लोककृष्ण भट्टराई, हिरण्यलाल श्रेष्ठ, श्याम श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठलगायत हुनुहुन्छ ।