१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी बन्धनका कारण सांसदहरुले नागरिकता विधेयक ठीक होइन भन्न सकेनन्– कांग्रेसकी सांसद चौधरी



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले नागरिकता विधेयक आफूलाई ठिक नलागेको बताउनुभएको छ । पार्टीका अन्य सांसदहरुले पनि नागरिकता विधेयक राम्रो नलागेको तर पार्टी बन्धनका कारण उनीहरुले विधेयकको विरोधमा बोल्न नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक र फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलमा सांसद चौधरीले विधेयक नराम्रो लागेको कुरा आफूले भन्नै पर्ने बताउनुभयो । यद्यपि सो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विधेयकको पक्षमा मतदान गर्ने उहाँको भनाइ थियो ।

पार्टी बन्धनका हिसाबले नागरिकता विधेयकलाई समर्थन गर्न सकिने भए पनि व्यक्तिगतरुपमा भन्नुपर्दा आफ्नो आत्माले विधेयक ठिक नरहेको भन्न चाहेको उहाँले बताउनुभयो ।

उहाँले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा हुनुपर्ने भन्दै नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने बताउनुभयो ।




भर्खरै