११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

प्रतिनिधिसभा: नागरिकता विधेयकमाथिको छलफल जारी

प्रतिनिधिसभा: नागरिकता विधेयकमाथिको छलफल जारी
अ अ+ अ-

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा व्यक्त गर्नुभएको हो ।

सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उहाँहरुको तर्क छ । बैठकमा सांसद प्रदीप ज्ञवालीले विधेयकलाई ‘हेडकाउण्ट’का आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले हिजो के बोलेको हो आज त्यही विषय स्मरण गरी विधेयक पारित गर्न आग्रह गर्नुभयो । सांसद कृष्णभक्त पोखरेलले विधेयक पारित गर्न न्यूनतम् सहमति खोज्न आग्रह गर्नुभयो । सांसद सत्य पहाडीले सबै पक्षमा समान छलफल गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने जनाउँदै तत्काल सोही रुपमा नै पारित गर्न आग्रह गर्नुभयो ।

सांसद पदम गिरीले यसअघि विधेयक पारित गर्दा राज्य व्यवस्था समितिले छलफल गरी तयार गरेको प्रतिवेदन कार्यान्वयन नभएको आरोप लगाउनुभयो । सांसद यशोदा गुरुङ सुवेदीले संशोधित विधेयक पारित नभए नागरिकता ऐन २०६३ कायम रहने उल्लेख गर्दै यसलाई क्रियाशील हुनबाट रोक्न संशोधित विधेयक पारित हुनु आवश्यक छ भन्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फेले संविधानले नै सबै नागरिकलाई नागरिकता दिने व्यवस्था गरेको जनाउँदै विधेयक राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्छ भन्नुभयो ।

सांसद भरत कुमार साहले नागरिकता नपाएका कारण लाखौँ नागरिक अनागरिक भएर बसेका उल्लेख गर्दै नागरिकता ऐन ल्याएपछि धेरै कुरा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सांसद रामसहायप्रसाद यादवले वर्षौंदेखि नेपाली नागरिक अनागरिक भएर बसेको अवस्थामा तत्काल संशोधित विधेयक पारित गर्नुपर्छ भन्नुभयो ।

सांसद दुर्गा पौडेलले विवाह गर्दैमा तत्काल नागरिकता पाउन योग्य भएको कुनै पनि देशले स्वीकार नगर्ने उल्लेख गर्दै यो विधेयकलाई खारेज गर्न आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने जनाउँदै मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता मुलुकमा बस्ने नागरिकले नै संरक्षण गर्नुपर्छ भन्नुभयो ।

बैठकमा सांसद सांसद हृदयश त्रिपाठीले नागरिकले जन्मका आधारमा नागरिकता नपाएको जनाउँदै लैङ्गिक समानता खोज्ने हो भने संविधानको धारा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद शरदसिंह भण्डारीले नागरिकता विधेयक प्रमाणित भएर आउनुपर्ने जनाउँदै नागरिकतालाई राष्ट्रियता र राजनीतिकसँग जोडेर कति समय हेर्ने भनी प्रश्न गर्नुभयो । उहाँले नागरिकतालाई राजनीतिक विषय बनाउन नहुने तर्क गर्नुभयो ।

सांसद नवराज सिलवालले विधेयक फिर्ता हुनु संसद्का लागि सहमति खोज्ने सुन्दर अवसर भएको बताउनुभयो ।

सांसद डीला सङ्ग्रौलाले राष्ट्रपतिले प्रमाणीकरण गरेर जानुपर्नेमा फिर्ता आएको जनाउँदै दुवै सदनले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण हुनुपर्ने थियो भन्नुभयो । सांसद वर्षामान पुनले राष्ट्रपतिबाट प्राप्त भएको कुरा संविधानसँग बाँझिएको कहीँकतै नभएको उल्लेख गर्र्दै यसलाई पारित गरेर प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्छ भन्नुभयो । तत्कालको समस्या समाधान गर्नका लागि मात्र यो विधेयक ल्याएको जनाउँदै उहाँले दैनिक जीवनका अप्ठ्यारा फुकाउनका लागि मात्र ल्याइएको बताउनुभयो ।

सांसद डा पुष्पाकुमारी कर्ण कायस्थले वैवाहिक अङ्गीकृत नागरिकता दिँदा अन्य देशको प्रावधानलाई हेरेर कति वर्ष राख्नुपर्ने हो त्यो राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सांसद लक्ष्मणलाल कर्णले सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गरेको उल्लेख गर्दै अब कुनै पनि बहानामा ढिला नगरी विधेयक अघि बढाउनुपर्ने बताउनुभयो । सांसद प्रभु साहले दुवै सदनबाट छलफल गरेर प्रमाणित गरेर पठाएको विधेयकलाई जतिसक्दो छिटो पास गर्नुपर्छ भन्नुभयो । उहाँले जन्मका आधारमा नै अहिले नागरिकता नपाएको अवस्था रहेको बताउनुभयो ।

सांसद प्रेम सुवालले यो विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको तर अन्य देशमा विदेशी महिलालाई नागरिकता पाउनका लागि धेरै प्रक्रियाको प्रावधान रहेको बताउनुभयो ।

सांसद राजेन्द्र गौतमले राष्ट्रपतिले विधेयक फिर्ता पठाउनु संविधानसम्मत व्यवस्था भएको उल्लेख गर्दै यसमा महिलाको स्वाभिमानलाई समेत समेट्न खोजेका देखिन्छ भन्नुभयोे । सांसद धर्मशीला चापागार्इंले नागरिकताका विषयमा निर्विवाद कहिले पनि नदेखिएको बताउँदै वैवाहिक अङ्गीकृत नागरिकको समस्या समुदाय र क्षेत्र विशेषको मात्र समस्या नभई आम समस्या हो भन्नुभयो ।

सांसद अमृतादेवी अग्रहरिले नागरिकताको समस्या देशको लाखौँ युवासँग जोडिएको समस्या भएको जनाउँदै संविधानकै धारा कार्यान्वयन गर्नका लागि यो विधेयक आएको उल्लेख गर्नुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले नागरिकता पाउनबाट बञ्चित युवालाई कुनै परिचयपत्र दिएर कामकाज अघि बढाउन सकिने बताउँदै देशको भूगोल, परिस्थिति हेरेर यो विधेयक पारित गर्नुपर्छ भन्नुभयो । सदनमा नागरिकता विधेयकमाथिको छलफल जारी छ । रासस