• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल ★   काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ ★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई बिस्तार गरी आयात प्रतिस्थापन गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीवार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग
व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गर्नुभएको हो । उहाँले महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भुमिका निर्वाह गर्न जरुरी रहेको पन िबताउनु भयो ।

प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई बिस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस्त मेलाले दिगो विकासको लक्ष्यमा मद्दत पुग्ने बताउनु भयो । उहाँले स्वदेशी उतपदनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भुमिका निर्वाह गर्न जरुरी छ । यस्ता
मेलाहरुले उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार बिक्री वितरण र बजारीकरणका लागि महासंघले आयोजना गरेको प्रदर्शनीले सिंगो नेपाली महिलाको व्यवसायिक सञ्जाललाई बिस्तार गर्ने सहयोग पुग्नेछ । यसले व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई बिस्तार गर्नेछ । स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्छ । यसका लागि महिला उद्यमी व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायीहरुको हौसलाले स्वदेशी श्रम, सीप, कच्चा
पदार्थमा आधारित उद्यम व्यवसायको व्यवस्थापन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन आग्रह गर्दछु । जम्ला,हुम्ला, डडेलधुरा जस्ता विकट जिल्लाहरुबाट पनि उद्यमशील महिलाहरु सहभागी भइ आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुशी लागेको छ । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको छ । निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढेको छ । अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकारलाई निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो छ । यस्ता व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक छ । यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ । यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ ।’

भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहनेछ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्य महासंघले राखेको छ । मेलामा हस्तकलाका सामानहरुः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएका छन् ।