११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राष्ट्रिय सहमतीमा ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई सांसद विश्वकर्माको आग्रह

राष्ट्रिय सहमतीमा ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई सांसद विश्वकर्माको आग्रह
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतीकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नु भएको छ ।

२०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको सो विधेयकमा कसैको पनि असहमती जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरुलाई अपिल गर्नु भयो । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले नागरिकताबाट बञ्चित लाखौं नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो नागरिकता विधेयक दुवै सदनबाट पारित भयो । संसदीय प्रणालीमा संसदले पारित गरेको विधेयकलाई प्रमाणिकरण सम्मानीय राष्ट्रपतिज्यूले गर्नुपर्ने हो । त्यो गर्नमा १४ दिन बिलम्व पछि फेरी संसदमा पुनर्विचारका लागि संविधानको धारा टेकेर आएको छ । यसलाई हामीले अन्यथा लिन मिल्दैन । तर, नागरिकता विधेयकको आवश्यक्ता थियो कि थिएन रु भनेर हेर्दा भर्खरै पूर्ववक्ता माननीयजीले पनि भन्नु भयो–राष्ट्रिय सहमती, सबैको सहमती, एकता हुन जरुरी छ । यो बस्तु आफै बोल्छ, तथ्य आफैं बोल्छ । २०६३ को अन्तरिम संविधान हामी आफैंले बनायौं । यहाँ बनाउनेहरु मध्ये नै यो हलमा छौं । त्यो संविधान नचाहनेहरु यो हलमा हुनुहुन्न । २०६३ कै संविधानलाई टेकेर हामीले नागरिकता ऐन ल्यायौं । हामी सबै त्यसमा सहमत छौं । सर्वसम्मतिले त्यो ऐन आयो । त्यसपछि २०७२ को संविधान जारी ग¥यौं । त्यसमा पनि हामी सबै सहमत छौं । सहमत नहुनेहरु यहाँ भित्र हुनुहुन्न । तत्पश्चात संघीय कानुन अनुसार नागरिकता प्रदान गरिनेछ जन्मसिद्धका सन्तानलाई भनेर हामीले व्यवस्था ग¥यौ । ७ वर्ष ऐन बनाएनौं । बनाउने कोसिस ग¥यौं । कसैलाई दोष लगाउन चाहन्न सभामुख महोदय । बनाउने कोसिस ग¥यौं । २०७५ सालमा विधेयक ल्यायौं । त्यो विधेयक समिति गयो । समितिमा २२ महिना अलमलियो । नागरिकताविहिनहरुले नागरिकता पाउने छाँटकाँट भएन । र, हामी अलमलियौं । तत्पश्चात फेरी त्यसैलाई हामीले अध्यादेशको रुपमा ल्यायौं । अध्यादेश राष्ट्रपति महोदयले लालमोहर लगाउँदै गर्दा उहाँलाई त्यसको ज्ञान भएकै हो । त्यही अध्यादेशलाई फेरी जस्ताको तस्तै अहिलेको सरकारले २०७९ मा त्यो विधेयकलाई लिएर आएको छ । त्यसै यो राष्ट्रिय सहमती आफैंमा देखिन्छ । तर, यसमा पनि विवाद कहाँ देखिन्छ भने सभामुख महोदय, हामी यस्तो खालको भएछौं । मौसम अनुसार रोजिन्छौं । हाम्रो राष्ट्रियता पूर्व फर्किदा एकखालको, पश्चिम फर्कदा अर्को राष्ट्रियता, उत्तर फर्किदा एउटा राष्ट्रियता, दक्षिण फर्किदा अर्को राष्ट्रियता देख्छौं । त्यसैले समस्या गरेको छ । त्यसकारण यो विधेयक अहिलेको आवश्यक्तामा लाखौं नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनेकुरालाई मेरो निर्वाचनसँग, राजनीतिसँग, राजनीतिक दलसँग नजोडिकन राष्ट्रिय सहमतीकै आधारमा यो हलबाट एक स्वरले पास गरेर यसलाई पठाउनु पर्छ । अन्यथा हामीले हिजो बोलेका कुरालाई नै अडान लियौ भने हामीले आफूले बोलेको कुरा, संसदले बोलेको कुरा नजिर हुने भएको हुनाले हिजो के बोल्यौं, आज त्यो कुरालाई ख्याल गरेर हामीले बोल्यौ भने यो सदनमा सर्वसम्मत पास हुन्छ । विलम्ब गर्न जरुरी छैन । त्यसकारण पास गरेर जाउ भन्नका लागि माननीय सदस्यहरुसँग अपिल गर्दछु ।’

सांसद विश्वकर्माले संविधान अनुसार नै राष्ट्रपतिले सो विधेयक प्रतिनिधिसभामा पुनर्विचारका लागि पठाउन मिल्ने व्यवस्था भएपनि त्यसमा दलहरु असहमत हुनुपर्ने कुनै कारण नरहेको दावी समेत गर्नु भयो । उहाँले विगतमा सहमति दिने तर अहिले आएर सो विधेयकमा असहमत हुने काम कुनै पनि राजनीतिक दलले गर्न नहुने बताउनु भयो ।