५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा संविधानसँग बाझिनै कुनै कुरा छैन: बर्षमान पुन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले राष्ट्रपतिले पुन: विचारका लागि नागरिकता विधेयक फिर्ता पठाउँदा राख्नुभएको सन्देशमा संविधानसँग बाझिनै कुनै कुरा उल्लेख नभएको बताउनुभएको छ ।

उहाँले कुनै पनि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउँदा संविधानसँग बाझिएको अवस्थामा राष्ट्रपतिले पुनरविचारका लागि फिर्ता पठाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो । यद्यपि सन्देशमा संविधानसँग बाझिने कुनै कुरा उल्लेख नभएकाले नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाउनुपर्ने बताउनुभयो ।

उहाँले गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विधेयक प्रस्तुत गर्दा अत्यावश्यकका कारण विधेयक प्रस्तुत गरिएको र अझ केही कमी कमजोरी भए फेरि पनि नागरिकता ऐनमा संशोधन गर्न विधेयक प्रस्तुत गर्न सकिन्छ भन्नुभएकाले पनि तत्कालका लागि अहिले विधेयक पारित गरेर जानुपर्ने धारणा राख्नुभयो ।