१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् १५ जना सांसद, जसले लगातार १० वटा बैठक ‘बंक’ हाने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका १५ जना सदस्य लगातार १० वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले लगातार १० वटा बैठकमा अनुपस्थित हुने १५ जना सांसदको जानकारी गराउदैँ स्वीकृतिका लागि पेश गरेका हुन् ।

लगातार १० वटा बैठकमा सहभागि नहुने प्रतिनिधिसभाका सदस्यमा धर्मशिला चापागाई घरायसी काममा व्यस्त, प्रदिप गिरी आफै बिरामी भएर उपचारमा, कुमारी तुल्सी थापा अमेरिका भ्रमणमा, गंगा चौधरी स्वास्थ्य उपचारका लागि भारतमा,भिमसेनदास प्रधान छोरीको उपचारमा नेपाल बाहिर रहेको सभामुख सापकोटाले जानकारी गराए ।

यस्तै शान्ता चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका गएको, जुलीकुमारी महतो उपचारका लागि अमेरिकामा रहेको, रघुबिर महासेठ श्रीमतीको उपचारका लागि अमेरिका गएको, कर्मा घले उपचारका लागि भारतमा गएको, सुरेशचन्द्र दास अस्वस्त भएको, शिवकुमार मण्डल अस्वस्त भएको सभामुख सापकोटाले जानकारी गराए ।

त्यसैगरी, निर्जला राउत अस्वस्त भएको, नवराज रावत निजी कामका लागि अमेरिका गएको, बिनोदकुमार चौधरी व्यवसायिक कामका लागि नेपाल बाहिर गएको र नागेन्द्र कुमार बिरामी, घरायसी काम र निर्वाचन क्षेत्रमा गएका छन् ।