• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै ★   चौतारी संरक्षणमा युवापुस्ताको चासो ★   संसदीय समितिको टीओआरमा दलहरू सहमति नजिक ★   ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन ★   झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान ★   संघीय निजामती सेवा विधेयकमा परिमार्जनको आवश्यकता ★   राष्ट्रियसभाको बैठक पनि सर्‍यो ★   विश्वविद्यालयबाट बिरालोले पायो ‘डाक्टर अफ लिटरेचर’को उपाधि

यी हुन् १५ जना सांसद, जसले लगातार १० वटा बैठक ‘बंक’ हाने



काठमाडौं । प्रतिनिधिसभाका १५ जना सदस्य लगातार १० वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले लगातार १० वटा बैठकमा अनुपस्थित हुने १५ जना सांसदको जानकारी गराउदैँ स्वीकृतिका लागि पेश गरेका हुन् ।

लगातार १० वटा बैठकमा सहभागि नहुने प्रतिनिधिसभाका सदस्यमा धर्मशिला चापागाई घरायसी काममा व्यस्त, प्रदिप गिरी आफै बिरामी भएर उपचारमा, कुमारी तुल्सी थापा अमेरिका भ्रमणमा, गंगा चौधरी स्वास्थ्य उपचारका लागि भारतमा,भिमसेनदास प्रधान छोरीको उपचारमा नेपाल बाहिर रहेको सभामुख सापकोटाले जानकारी गराए ।

यस्तै शान्ता चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका गएको, जुलीकुमारी महतो उपचारका लागि अमेरिकामा रहेको, रघुबिर महासेठ श्रीमतीको उपचारका लागि अमेरिका गएको, कर्मा घले उपचारका लागि भारतमा गएको, सुरेशचन्द्र दास अस्वस्त भएको, शिवकुमार मण्डल अस्वस्त भएको सभामुख सापकोटाले जानकारी गराए ।

त्यसैगरी, निर्जला राउत अस्वस्त भएको, नवराज रावत निजी कामका लागि अमेरिका गएको, बिनोदकुमार चौधरी व्यवसायिक कामका लागि नेपाल बाहिर गएको र नागेन्द्र कुमार बिरामी, घरायसी काम र निर्वाचन क्षेत्रमा गएका छन् ।