११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

टाउको गणना गरेर मात्र नागरिकता विधेयक पारित नगरौँ– प्रदीप ज्ञवाली

टाउको गणना गरेर मात्र नागरिकता विधेयक पारित नगरौँ– प्रदीप ज्ञवाली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले टाउको गणना नगरी विधिको गणनाका आधारमा नागरिकता ऐन संशोधन विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सदनमा प्रस्तुत नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा उहाँले राजा वीरेन्द्रले पनि २०३७ सालमा जनमत संग्रह गर्दा टाउकाका आधार छिनोफानो भए पनि पछि पञ्चायती व्यवस्था टिक्न नसकेको टिप्पणी गर्नुभयो ।

नागरिकताजस्तो संवेदनशील विधेयकलाई राष्ट्रपतिले पुनरविचार गर्न सन्देशसहित फिर्ता पठाएको भन्दै उहाँले भन्नुभयो, “फिर्ता पठाइएको विधेयकलाई जस्ताको तस्तै पारित गर्न सत्ता गठबन्धनको बैठक बसेको भन्ने सुनेको छु, सदनमा विचाराधीन विषयलाई बन्द कोठामा बसेर संसद्को अधिकारलाई संकुचन गर्न खोजियो ।”

राष्ट्रपतिले विशेषगरी आमाको आत्मसम्मानको विषयमा प्रश्न उठाउनुभएको छ भन्दै सांसद ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि संशोधन गर्न राख्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्ने उल्लेख गर्नुभयो । प्रतिनिधिसभामा रहनुभएका महिला सांसदहरुले पनि यो विषयलाई गम्भीरतापूर्व हेरिनुपर्ने उहाँको भनाइ थियो ।

नागरिकता विधेयक भनेको राष्ट्रिय एकता हासिल गर्ने विधेयक पनि हो भन्दै उहाँले भन्नुभयो, “सिंगो देशको साझा सवाल भएको नागरिकता विधेयकलाई समुदायको मात्रै समस्या बनाउने, राजनीतिकरण गर्ने र राष्ट्रिय एकतालाई नै खलल पुर्याउने बहस आपत्तिजनक छ ।”

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो टुंगो लगाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार छ भन्दै आमाको गरिमासँग जोडिएको विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन आग्रह गर्नुभयो ।