• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

टाउको गणना गरेर मात्र नागरिकता विधेयक पारित नगरौँ– प्रदीप ज्ञवाली



काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले टाउको गणना नगरी विधिको गणनाका आधारमा नागरिकता ऐन संशोधन विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सदनमा प्रस्तुत नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा उहाँले राजा वीरेन्द्रले पनि २०३७ सालमा जनमत संग्रह गर्दा टाउकाका आधार छिनोफानो भए पनि पछि पञ्चायती व्यवस्था टिक्न नसकेको टिप्पणी गर्नुभयो ।

नागरिकताजस्तो संवेदनशील विधेयकलाई राष्ट्रपतिले पुनरविचार गर्न सन्देशसहित फिर्ता पठाएको भन्दै उहाँले भन्नुभयो, “फिर्ता पठाइएको विधेयकलाई जस्ताको तस्तै पारित गर्न सत्ता गठबन्धनको बैठक बसेको भन्ने सुनेको छु, सदनमा विचाराधीन विषयलाई बन्द कोठामा बसेर संसद्को अधिकारलाई संकुचन गर्न खोजियो ।”

राष्ट्रपतिले विशेषगरी आमाको आत्मसम्मानको विषयमा प्रश्न उठाउनुभएको छ भन्दै सांसद ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि संशोधन गर्न राख्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्ने उल्लेख गर्नुभयो । प्रतिनिधिसभामा रहनुभएका महिला सांसदहरुले पनि यो विषयलाई गम्भीरतापूर्व हेरिनुपर्ने उहाँको भनाइ थियो ।

नागरिकता विधेयक भनेको राष्ट्रिय एकता हासिल गर्ने विधेयक पनि हो भन्दै उहाँले भन्नुभयो, “सिंगो देशको साझा सवाल भएको नागरिकता विधेयकलाई समुदायको मात्रै समस्या बनाउने, राजनीतिकरण गर्ने र राष्ट्रिय एकतालाई नै खलल पुर्याउने बहस आपत्तिजनक छ ।”

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो टुंगो लगाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार छ भन्दै आमाको गरिमासँग जोडिएको विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन आग्रह गर्नुभयो ।